देउवा आज प्रयागराज पुग्ने, भोलि स्नान

हिमाल प्रेस ८ फागुन २०८१ १०:४७ | Thursday, February 20, 2025
देउवा आज प्रयागराज पुग्ने, भोलि स्नान

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बिहीबार) भारतको प्रयागराजमा जाँदैछन्। उनी आज ३ बजे काठमाडौँबाट दिल्ली पुग्ने सेड्युल छ।

उनी प्रयासराज जाने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले भोलि कुम्भ स्नान गर्नेछन्।

उनी उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताको रूपमा देउवा सहभागी हुने भएका हुन्। कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन्।

कुम्भमेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको कांग्रेस स्रोतको भनाइ छ।

प्रकाशित: ८ फागुन २०८१ १०:४७ | Thursday, February 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast