किन दिएनन् सभामुखले सुमनालाई प्रकृति लम्सालबारे बोल्न?

हिमाल प्रेस ६ फागुन २०८१ ९:१७ | Tuesday, February 18, 2025
किन दिएनन् सभामुखले सुमनालाई प्रकृति लम्सालबारे बोल्न?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले आफूलाई बोल्न नदिएको भन्दै बैठक कक्षबाट बाहिरिन्।

उनले भारतमा अध्ययनको क्रममा आत्महत्या गरेकी छात्रा प्रकृति लम्सालका बारेमा बोल्न खोज्दा सभामुखले समय उपलब्ध नगराएको गुनासो गरेकी थिइन्।  भारतको एक केलजमा नेपाली छात्राले आइतबार आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।

सुमनाले सभामुखले विशेष समयको कार्यक्रम सकिएको भन्दै इन्कार गरिदिए। सुमना बैठक कक्षबाट बाहिरिएपछि यस विषयमा सभामुखले समय उपलब्ध नगराएको भन्दै गुनासो गरेकी थिइन्।

मिडियामा समेत यस विषयमा चर्चा भएपछि सभामुखले कारण खुलाएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुुसार दलीय अनुरोध बिना नै सुमना बोल्न खोज्दा समय नदिएको बताएका छन्।

‘फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बस्न सुरु भएपछि सुमना भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय माग्न आउनुभयो। सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आउनुभयो।’ अधिकारीले भनेका छन्,‘‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ। तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो। उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ। उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन। या त भोलि राख्नुहोला’ भनेर निस्कनुभयो।’ सभामुखले जनाउँ घण्टी बजेकाले सुमनाका विषय बुझ्न नपाएको बताएका छन्।

प्रकाशित: ६ फागुन २०८१ ९:१७ | Tuesday, February 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast