ढुंगाले लागेर घाइते थिइन् छात्रा, उद्धारमा ढिलाइ हुँदा मृत्यु

हिमाल प्रेस ५ फागुन २०८१ ७:५१ | Monday, February 17, 2025
ढुंगाले लागेर घाइते थिइन् छात्रा, उद्धारमा ढिलाइ हुँदा मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- स्काभेटरले पल्टाएको ढुंगाले लागेर छात्राको मृत्यु भएको छ। गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आइतबार मृत्यु भएको हो।

कुमाल पालुखा माविमा कक्षा युजेकीमा अध्ययनरत विद्यार्थी हुन्। अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेको थियो। स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्धारमा ढिलाइ हुँदा उनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका ४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए। रासस

प्रकाशित: ५ फागुन २०८१ ७:५१ | Monday, February 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast