ईसीडीलाई एकवर्षे मात्रै बनाउन अध्ययन कार्यदलको सुझाव

हिमाल प्रेस ४ फागुन २०८१ १४:४१ | Sunday, February 16, 2025
ईसीडीलाई एकवर्षे मात्रै बनाउन अध्ययन कार्यदलको सुझाव

काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) का विविध विषयमा अध्ययन गर्न गठित समितिले पूर्वप्राथमिक तह (ईसीडी) लाई एकवर्षे मात्रै कायम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सुझाव दिएको छ।

बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई अध्ययन प्रतिवेदन बुझाउँदै समितिले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको व्यवहारिक अवस्थालाई अध्ययन गरेर ईसीडीलाई एकवर्षे मात्रै कायम गर्न सुझाव दिएको हो।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक तथा अध्ययन समिति संयोजक दिपक शर्माका अनुसार ६० महिना पुगेका बालबालिका एक कक्षामा भर्ना गर्नुपर्ने हुनाले त्यसभन्दाअघि एक वर्ष मात्रै पढाउने व्यवस्था गर्न सुझाव दिइएको छ।

शर्माको भनाइले हाल प्ले ग्रुप, नर्सरी, एलके, युकेजी कक्षा भनेर पढाउने संस्थाहरू बन्द हुनेछन्। निजी र सामुदायिक दुबैलाई एउटै हुने गरी यस्तो सुझाव दिइएको हो।

शिक्षामन्त्री विद्या भट्टराईले प्रतिवेदनअनुसार ईसीडी शिक्षालाई व्यवस्थित गर्ने बताएकी छन्।

ईसीडी शिक्षा अध्ययन गठित समितिले शिक्षामन्त्री भट्टराईलाई बुझायो प्रतिवेदन

प्रकाशित: ४ फागुन २०८१ १४:४१ | Sunday, February 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast