कुम्भमा मेलामा फेरि आगलागि

हिमाल प्रेस ३ फागुन २०८१ २१:१५
30
SHARES
कुम्भमा मेलामा फेरि आगलागि तस्बिर : इन्डिया टुडे

काठमाडौँ-भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा फेरि आगलागि भएको छ। कुम्भ मेलाको सेक्टर १८ र १९ मा शनिबार साँझ आगलागि भएको हो।
प्रयागराजका एडीजी भानु भास्करले सेक्टर १८ र १९ को बीचमा रहेको लवकुश धाममा आगलागि भएको बताएका छन्।

आगलागि भएको पाँच मिनेटभित्र आकस्मिक सेवा, दमकललगायतका साधनहरू घटनास्थल पुगेको उनले जानकारी दिए। एडीजी भास्करले आगलागि नियन्त्रणमा आइसकेको बताए।

आगलागिका कारण कैयौँ पण्डालहरू जलेर नष्ट भएको बताइएको छ।

उनका अनुसार घटनामा कसैको ज्यान नगएको र आगलागिको कारणबारे छानबिन भइरहेको छ।

कुम्भ मेलामा यसअघि पनि आगलागि भएको थियो। ९ फेब्रुअरीका राति सेक्टर २३ मा आगलागि भएको थियो।

प्रकाशित: ३ फागुन २०८१ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast