कांग्रेसले अब भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि म्याद नथप्ने

हिमाल प्रेस १ फागुन २०८१ १८:०२ | Thursday, February 13, 2025
कांग्रेसले अब भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि म्याद नथप्ने नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि अब म्याद थप नगर्ने भएको छ। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा शीर्ष नेताहरुले तोकिएको समय चैतभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।बैठकमा कांग्रेस पदाधिकारी, भ्रातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भ्रातृ संस्थाका अध्यक्षहरूबीच छलफल भएको थियो।

महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको बताए। छलफलका क्रममा केही संस्थाहरुले तोकिएको समयभित्रै महाविधेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैत्रभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए।

यसअघि कांग्रेसले गत असारमा निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो। लामो समयदेखि कांग्रेस भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको अधिवेशन हुन सकेको छैन।

प्रकाशित: १ फागुन २०८१ १८:०२ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast