फिल्ममा लगानी गर्दै गायक रामकृष्ण

हिमाल प्रेस १ फागुन २०८१ १२:११ | Thursday, February 13, 2025
फिल्ममा लगानी गर्दै गायक रामकृष्ण

काठमाडौँ- गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मंगले’ बनाउने भएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्टर सार्वजनिक गर्दै गायक ढकालले ‘मालती मंगले’ बनाउने घोषणा गरेका हुन्।

गायक ढकालले २०५८ सालमा प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’ मा अभिनय गरेका थिए। फिल्म क्षेत्रसँग पुरानो सम्बन्ध रहेको भन्दै ढकालले निर्माताको रुपमा नयाँ यात्रा थालेको बताएका छन्।

फिल्म प्रकु पाण्डे (प्रकाश)ले निर्देशन गर्नेछन्। फिल्मको कथा पनि उनकै छ। फिल्म रानी म्युजिक इन्टरनेसनलको ब्यानर बन्ने फिल्मको कार्यकारी निर्मातामा सागर ज्ञवाली रहनेछन्। निर्माण टिमले अन्य पक्षबारे खुलाएको छैन।

प्रकाशित: १ फागुन २०८१ १२:११ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast