जनयुद्ध इतिहासकै ठूलो युगान्तकारी परिवर्तनको संवाहक : प्रचण्ड

हिमाल प्रेस १ फागुन २०८१ १०:०२ | Thursday, February 13, 2025
जनयुद्ध इतिहासकै ठूलो युगान्तकारी परिवर्तनको संवाहक : प्रचण्ड जनयुद्ध दिवसको दिवस दिन सम्बोधन गर्दै प्रचण्ड। तस्बिर : नरेन्द्र केसी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’को प्रेरणा सयौँ वर्षसम्म रहने बताएका छन् । ३०औँ ‘जनयुद्ध दिवस’को अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो ।’

प्रचण्डले अगाडि भने, ‘यसले आज मात्र होइन, सयौँ वर्षसम्म पनि प्रेरणा दिइरहनेछ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने प्रचण्डको दृढता थियो ।

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरूले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘एकथरि तत्त्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौँ। यो संघर्ष चलिरहेको छ।’

राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको बताए। तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ संकल्प गर्ने बेला आएको उनको भनाइ छ।

प्रकाशित: १ फागुन २०८१ १०:०२ | Thursday, February 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast