नेपालमा भ्रष्टाचार दर बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांक

हिमाल प्रेस २९ माघ २०८१ १२:३३ | Tuesday, February 11, 2025
नेपालमा भ्रष्टाचार दर बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांक

काठमाडौँ- नेपालमा भ्रष्टाचारको दर बढेको एक तथ्यांकले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाकांक २०२४ मा नेपाल गत वर्षको भन्दा एक अंक खस्किएको हो।

सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ। भ्रष्टाचार अवधारणा सूचकांक २०२४ मा नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। नेपालले गत वर्ष ३५ अंक पाएको थियो।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७२, भारतले ३८, मालदिभ्सले ३८,श्रीलंकाले ३२, पाकिस्तानले २७, बंगलादेशले २३ र अफगानिस्तानले १७ अंक प्राप्त गरेका छन्। छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ।

प्रकाशित: २९ माघ २०८१ १२:३३ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast