सुनको भाउ १ लाख ७० हजार कट्यो

हिमाल प्रेस २९ माघ २०८१ ११:२४ | Tuesday, February 11, 2025
सुनको भाउ १ लाख ७० हजार कट्यो

काठमाडौँ- सुनको मूल्य मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ६ सय बढेर आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको हो।

गएको शुक्रबार थोरै घटेको सुनको मूल्य त्यसयताका तीन दिन लगातार बढिरहेको छ। सुनको मूल्य हिजो प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ४५ रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ७५ रुपैयाँ थियो।

प्रकाशित: २९ माघ २०८१ ११:२४ | Tuesday, February 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast