अध्यादेशबाट देश चलाउन खोज्नु गलत : कोइराला

हिमाल प्रेस २८ माघ २०८१ २०:३८ | Monday, February 10, 2025
अध्यादेशबाट देश चलाउन खोज्नु गलत : कोइराला नेपाली कांग्रेसका नेता शेखर कोइराला।

भक्तपुर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन्।

सोमबार भक्तपुरमा जीपी कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन्।

संसद्लाई छलेर जान खोज्यो भने त्यो निरंकुश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन। प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ।’

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राखेका थिए।

प्रकाशित: २८ माघ २०८१ २०:३८ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast