राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

हिमाल प्रेस २८ माघ २०८१ १९:०६ | Monday, February 10, 2025
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन जोगमेहर श्रेष्ठलाई पराजित गरेपछि विजयीसभालाई सम्बोधन गर्दै नानीमैयाँ दाहाल। तस्बिर : नेपाल पिक्चर लाइब्रेरी

काठमाडौँ– राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ।

निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्।

श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्चमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: २८ माघ २०८१ १९:०६ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast