काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो।
आज सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २८ माघ २०८१ ११:०५ | Monday, February 10, 2025
प्रतिक्रिया




