वर्षमानलाई आर्थिक मामिला पाउँदा ओनसरीलाई जनजाति इन्चार्जको जिम्मेवारी

हिमाल प्रेस २८ माघ २०८१ ७:१० | Monday, February 10, 2025
वर्षमानलाई आर्थिक मामिला पाउँदा ओनसरीलाई जनजाति इन्चार्जको जिम्मेवारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले लामो समयपछि नेताहरूलाई विभागीय जिम्मेवारी तोकेको छ। दोस्रो स्तरका नेताहरूबीच पदीय लफडा चलेकाले माओवादीले विभागीय जिम्मेवारी दिएको थिएन।

सत्ता राजनीतिबाट बाहिरिए पछि माओवादीले फेरि विभागहरू सक्रिय राख्न खोजेको हो। माओवादीले उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आर्थिक मामिलासम्बन्धी विभाग दिएका हुन्। यता पुन पत्नी ओनसरी घर्ती मगरलाई भने पूर्वउपसभामुख ओनसरी घर्तीलाई जनजाति महासंघ इन्चार्ज बनाएको छ।
अरू कसलाई के?

माओवादीले उपमहासचिव जनार्दन शमालाई संगठन विभाग प्रमुख बनाएको छ। उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, ब्यवस्थापन क्षेत्र संयोजक बनाएको छ। जसअन्तर्गत उर्जा, जलस्रोत सिञ्चाई विभाग प्रमुखमा पार्टी सचिव लीलामणि पोखरेललाई बनाएको छ।

पार्टी सचिव लीलामणि पोख्रेललाई सहकारी तथा गरिबी निवारण विभाग प्रमुख बनाएको छ भने झक्कुप्रसाद सुवेदीलाई पर्यटन तथा नागरिक उड्डयन विभागको जिम्मेवारी दिइएको छ।

प्रकाशित: २८ माघ २०८१ ७:१० | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast