आलोचनाका बीच पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले बनायो नयाँ संयन्त्रको इन्चार्ज

हिमाल प्रेस २८ माघ २०८१ ६:५७ | Monday, February 10, 2025
आलोचनाका बीच पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले बनायो नयाँ संयन्त्रको इन्चार्ज

काठमाडौँ- आलोचनाका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काएका छन्।

उनलाई माओवादीले विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको छ। माओवादी नेताहरूका अनुसार पार्टी हालसम्म सोही संयन्त्र थिएन। नन्दबहादुरले उत्पादनमा रुचि रहेको बताए पनि उनकै लागि संयन्त्र बनाइएको हो।

माओवादी बैठकमा भने नन्दबहादुर पार्टी राजनीतिमा फर्किन नहुने मत थियो। तर, विवादका बीच प्रचण्डले उनलाई राजनीतिमा फर्काएका छन्। उनलाई कुन पद दिने भन्ने विषय विवादित छ।

प्रचण्डलगायतका नेताले उपाध्यक्ष लिन अनुरोध गरे पनि पुनले वरिष्ठ उपाध्यक्ष मागिरहेका छन्। यता उनका छोरा दीपेश पुन पनि पार्टी राजनीतिमा फर्किएका छन्। यसअघि माओवादीनिकट विद्यार्थी संगठनको राजनीति गरेका दीपेश यसपटक पहिलो पटक पार्टी राजनीतिमा आएका हुन्। दिपेशलाई लुम्बिनी प्रदेशमा जिम्मा दिएको छ।

प्रकाशित: २८ माघ २०८१ ६:५७ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast