
कैलाली– परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा मानव विकास सूचकांक पहिलाभन्दा सुधार हुँदै गएको बताएकी छन्।
धनगढी उपमहानगरपालिका–२ कार्यालयको प्रशासनिक भवनको आइतबार उद्घाटन गर्दै मन्त्री राणाले मानव विकास सूचकांक सुधार हुन जरुरी रहेको बताइन्। उनले भनिन्, ‘पूर्वाधारहरुको मात्र होइन, सामाजिक, मानवीय विकासलगायत अन्य सूचकको पनि विकास हुनु जरुरी छ।’
मन्त्री राणाले विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न आवश्यक भएको बताइन्।
‘विकासको प्रक्रिया भनेको आजको भोलि टुङ्गिँदा पनि टुङ्गिँदैन र अझ बस्ती बढ्दै जान्छ, कहीँ पुरानो बस्ती छुटेको हुन्छ, जसले गर्दा विकासको क्रम चाहिँ हामीले अगाडि बढाउँदै लैजानुपर्ने हुन्छ, उनले भनिन्।
प्रकाशित: २७ माघ २०८१ १९:२०
प्रतिक्रिया