सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

हिमाल प्रेस २५ चैत २०८२ १३:१८ | Wednesday, April 8, 2026
38
SHARES
सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको हो।

गृह मन्त्रालय स्रोतले हिमालप्रेससँग भन्यो,‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ र आवश्यक प्रक्रिया अघि बढेको छ।’

हाल देउवा दम्पती स्वास्थ्य उपचारका लागि हङकङमा रहेको बताइएको छ।

प्रकाशित: २५ चैत २०८२ १३:१८ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast