काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। चाँदी मूल्य भने बढेको छ। हिजाे बिहीबार प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।
प्रकाशित: २५ माघ २०८१ ११:४८
प्रतिक्रिया