दुर्लेनीका किसानले गरे झाडी फाँडेर ओखरखेती

हिमाल प्रेस २५ माघ २०८१ ११:१४
10
SHARES
दुर्लेनीका किसानले गरे झाडी फाँडेर ओखरखेती

बाग्लुङ- बाग्लुङ नगरपालिका-९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन्। उनीहरूले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन्।

दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए। हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन्।

ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाग्लुङले पनि सहयोग गरेको छ। ओखर फलाउन किसानको १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख अनुदान गरी २४ लाख लगानी भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताए।

‘परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो,उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनु भएको छ, बिरुवा हुकिएका छन्’,उनले भने।

प्रकाशित: २५ माघ २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast