 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन संग सुदृढीकरणमा जोड दिएका छन्।
पार्टीको पूर्वाञ्चल, तराई–मधेस र मध्यमाञ्चल क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग बुधबार बसेको बैठकमा अध्यक्ष थापाले पार्टी मातहतका स्थानीय तह कमिटिलाई तोकिएको मितिमा अधिवेशन गर्न निर्देशन दिए।
वर्तमान राजनीतिक अस्थिरताका कारण मुलुकमा आत्मसमर्पणवादी मानसिकता हाबी भएको बताउँदै उनले देश विकास तथा आर्थिक रुपान्तरणका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नुपर्ने समय आएको बताए।
उनले पार्टीले उठाउँदै आएका राजनीतिक एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलनमार्फत त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए।
समान विचार भएको राजनीतिक दल तथा समूहसँग एकता प्रक्रिया छिट्टै सुरु गरिने बताउँदै अध्यक्ष थापाले विगतमा पार्टीभित्रका केही नेताहरुको संकीर्णता, द्वैध चरित्र र अहंकारले टुटफुटको समस्या ल्याएकाले ती अनुभवबाट पाठ सिक्नुपर्ने बताए।

 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 