नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु

हिमाल प्रेस २३ माघ २०८१ २१:१९
4
SHARES
नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु प्रतीकात्मक तस्बिर

काठमाडौँ– नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा एक छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ।

कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी हुँदा कम्तीमा १६ जना घाइते भएको सञ्चारमाध्यमलाई जानकारी दिए।

प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा उनीहरूले घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेको बताएका छन्। तर, आगो निभिएपछि सबै विद्यार्थीलाई बाहिर निकाल्न नसकेको बताइएको छ।

त्यहाँका बासिन्दा अब्दुलरासाक बेलो कौराले आफूलाई भित्र कोही बाँकी नरहेको भन्ने लागेको बताए।

विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ। घटनाबारे छानबिन भइरहेको छ। – रासस/सिन्ह्वा

प्रकाशित: २३ माघ २०८१ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast