उपभोक्ता अदालतको मुकाम काठमाडौँ उपत्यकामा

हिमाल प्रेस २२ माघ २०८१ १७:०३
6
SHARES
उपभोक्ता अदालतको मुकाम काठमाडौँ उपत्यकामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्।

बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसैगरी सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने भएको छ। जेठ २, ३ र ४ गते सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी मन्त्री गुरुङले दिए।

बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनका लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ।

यसैगरी सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए। बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ। यसैगरी आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोश्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ।

प्रकाशित: २२ माघ २०८१ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast