माओवादी बैठक : प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

हिमाल प्रेस २१ माघ २०८१ १६:५४
26
SHARES
माओवादी बैठक : प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मधेश प्रदेशको इन्चार्जमा मातृका यादवलाई जिम्मेवारी दिइएको छ। यसअघि मधेश प्रदेशका इन्चार्ज सचिव लिालमणि पोखरेल थिए। पोखरेललाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ।

त्यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप–अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।

प्रकाशित: २१ माघ २०८१ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast