काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति हेरफेर गरेको छ।एकीकृत समाजवादीले यसअघि तय गरिएको मिति हेरफेर गर्दै फागुन ६ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ।
पार्टी महासचिव घनश्याम भूसालले दिएको जानकारीअनुसार फागुन ७ गते पोलिटब्युरो बैठक बस्नेछ। केन्द्रीय कमिटी बैठक भने फागुन ८ र ९ गते बस्ने गरी तय भएको भुसालले जानकारी दिएका छन्।
प्रकाशित: २० माघ २०८१ १२:३५
प्रतिक्रिया