आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ : महामन्त्री शर्मा

हिमाल प्रेस १९ माघ २०८१ १९:४७
10
SHARES
आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ : महामन्त्री शर्मा फाइल तस्बिर।

चितवन– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन्।

कांग्रेस चितवनले शनिबार भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन कार्यक्रममा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउन आवश्यक रहेको बताए।

‘अहिले आममानिसमा निराशा छाएको छ। यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ। जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ। कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो,’ महामन्त्री शर्माले भने।

उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्धि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे।

केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए।

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले संगठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए। उनले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गरे।

प्रकाशित: १९ माघ २०८१ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast