काठमाडौँ- सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम अनुमोदन गरेको छ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको नामलाई सभाले स्वीकृत गरेको थियो।
सभाले सांसदहरू ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो।
प्रकाशित: १९ माघ २०८१ ८:२५
प्रतिक्रिया