अध्यादेश आएपछि आर्थिक ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने तयारी

हिमाल प्रेस १७ माघ २०८१ २१:०४ | Thursday, January 30, 2025
अध्यादेश आएपछि आर्थिक ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने तयारी

काठमाडौँ- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने तयारी गरिएको छ। सो सम्बन्धी प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार बैठक डाकेको छ।

सरकारले सोही शीर्षकको अध्यादेश पुस २९ गते जारी गरेर लागू गरिसकेको छ। अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजे बस्ने बैठकको कार्यसूचीमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफललाई एजेन्डा बनाइएको छ।

अर्थमन्त्रीले विधेयक फिर्ता लिने निर्णय गरेकाले सो बारे निर्णय गर्न बैठक बोलाइएको बताइएको छ।

प्रकाशित: १७ माघ २०८१ २१:०४ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast