सांस्कृतिक नाचगान, संगीतले संस्कृतिको जगेर्ना गर्छ : उपराष्ट्रपति

हिमाल प्रेस १७ माघ २०८१ ६:३२ | Thursday, January 30, 2025
सांस्कृतिक नाचगान, संगीतले संस्कृतिको जगेर्ना गर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गरे।

‘यसले हामीलाई हाम्रो मौलिक परम्परा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्दन गर्नुपर्ने जिम्मेवारी स्मरण गराउँछ। यस अवसरमा आयोजना गरिने मौलिक एवं सांस्कृतिक नाचगान र संगीतले नेपाली संस्कृतिको जगेर्ना गर्नमा सघाउँदछ। ल्होसारमा पकाइने विशेष तथा परम्परागत मीठो परिकारहरूले हाम्रो रैथाने रीतिरिवाजलाई जीवन्त बनाउँदै पुस्तान्तरण गर्नमा उत्तिकै सहयोग पुगेको मेरो विश्वास छ’, उपराष्ट्रपति यादवले भनेका छन्।

नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार नयाँ वर्षका रूपमा यो पर्व मनाउने चलन रहिआएको छ।

यस पर्वको मुख्य विशेषताहरूमा सामूहिकता, भूमिपूजा, कुलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नुलगायतको रहेको पाइन्छ।

प्रकाशित: १७ माघ २०८१ ६:३२ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast