उदयपुरमा कल्भर्टमुनि भेटियो पुरुषको शव

हिमाल प्रेस १५ माघ २०८१ १७:४४ | Tuesday, January 28, 2025
उदयपुरमा कल्भर्टमुनि भेटियो पुरुषको शव प्रतीकात्मक तस्बिर।

कटारी (उदयपुर)- उदयपुरगढी गाउँपालिका-७ स्थित मदन भण्डारी राजमार्गमा पर्ने कल्भर्टमुनि एक पुरुषको शव फेला परेको छ। आज (मंगलबार) दिउँसो सोही वडाको घलेडाँडा घर भएका अन्दाजी ४३ वर्षीय नगेन्द्रबहादुर घलेको शव फेला परेको हो।

उक्त शव फेला परेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए। ‘घटनास्थलमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पठाएका छौँ,’ उनले भने।

प्रहरीका अनुसार सोमबार साँझ नजिकैको एक पसलबाट साथीहरूसँग मदिरा सेवन गरी घले छुटेका थिए। स्थानीयले घटना शंकास्पद रहेको भन्दै शव उठाउन नदिएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको जनाएको छ।

स्थानीय होम बस्नेतका अनुसार मदन भण्डारी सडक हेरालुहरूले सफाइका क्रममा कल्भर्ट मुनि शव देखेर प्रहरीलाई जानकारी दिएका थिए।

प्रकाशित: १५ माघ २०८१ १७:४४ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast