अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमाल प्रेस १५ माघ २०८१ १५:५० | Tuesday, January 28, 2025
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद् बैठक। तस्बिर : रासस

काठमाडौँ- सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, उक्त अध्यादेश कार्यान्वयन गर्न नियमावली निर्माणको निर्णय बैठकले गरेको छ’, सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने।

आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको बताए।

प्रकाशित: १५ माघ २०८१ १५:५० | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast