ताप्लेजुङ केवलकार विवाद : मेची राजमार्ग आजदेखि अनिश्चितकालीन बन्द

हिमाल प्रेस १५ माघ २०८१ ६:३३ | Tuesday, January 28, 2025
ताप्लेजुङ केवलकार विवाद : मेची राजमार्ग आजदेखि अनिश्चितकालीन बन्द

काठमाडौँ- साविक मेची अञ्जलका ४ जिल्ला जोड्ने मेची राजमार्ग आज(मंगलबार)देखि अनिश्चितकालीन बन्द हुँदैछ। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण अन्तरदलीय संघर्ष समितिले माघ १२ गतेको घटनाको निन्दा गर्दै बन्द घोषणा गरेको हो। राजमार्ग बन्द हुँदा ४ जिल्लाको जनजीवन प्रभावित हुने सम्भावना छ।

ताप्लेजुङमा गत माघ १३ मा जनप्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो। झडपमा प्रहरीले गोल प्रहार गर्दा स्थानीय युवा घाइते भएका थिए। यही विषयमा संघर्ष समितिले असन्तुष्टि जनाउँदै
बन्दसहित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको हो।

यस्ता छन् माग

विज्ञप्तिमा २०८१ माघ १३ गतेका लागि शान्तिपूर्ण जनप्रदर्शनको तयारी गरिरहेका बेला माघ १२ गते बेलुकी फुङलिङ नपा ११ स्थित बलुडाँडामा सशस्त्र प्रहरीले निहत्था जनतामाथि दमनचत्र चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरी ताप्लेजुङलाई अशान्त बनाइएको छ । दलाल माफियाद्वारा पालित पोषित नस्लवादी राज्यको यो क्रूर दमन चक्रको मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समिति घोर आपत्ति, निन्दा र भर्त्सना गर्दछ ।’

सो समितिले ५ बुँदे आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसमा २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्द गरिने, पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखिएका छन्।

प्रकाशित: १५ माघ २०८१ ६:३३ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast