क्रान्तिकारीको स्थगित मतगणना १२ बजेदेखि पुन: थालिने

हिमाल प्रेस १४ माघ २०८१ १०:३४ | Monday, January 27, 2025
क्रान्तिकारीको स्थगित मतगणना १२ बजेदेखि पुन: थालिने

काठमाडौँ- नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ।

क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्जुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी गराएका हुन्।

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो। ‘विशेष कारणबस स्थगित भएको मतगणना माघ १४ गते मध्यान्ह १२ बजेबाट सुचारु गरिनेछ,’ सूचनामा भनिएको छ। विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो।

प्रकाशित: १४ माघ २०८१ १०:३४ | Monday, January 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast