पाकिस्तानमा विस्फोटमा एक जनाको मृत्यु, ७ घाइते

हिमाल प्रेस १३ माघ २०८१ २१:४७ | Sunday, January 26, 2025
पाकिस्तानमा विस्फोटमा एक जनाको मृत्यु, ७ घाइते फाइल तस्बिर

काठमाडौँ– पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार एउटा यात्रुवाहक बसलाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

खुजदार जिल्ला आयुक्त यासिर इकबाल दस्तीले भने, ‘यो घटना खुजदार जिल्लामा भएको थियो। बस जिल्लाबाट पूर्वी पञ्जाब प्रान्तको रावलपिंडी जिल्लातर्फ गइरहेको थियो।’

प्रारम्भिक अनुसन्धानबाट सडक छेउमा पार्किङ गरिएको गाडीमा विस्फोटक पदार्थ राखिएको खुलेको उनले बताए।

घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ, जहाँ बस कन्डक्टरसहित तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

आक्रमणको पछाडि दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ। घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन। –रासस/सिन्ह्वा

प्रकाशित: १३ माघ २०८१ २१:४७ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast