सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

हिमाल प्रेस १३ माघ २०८१ १५:०९ | Sunday, January 26, 2025
सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल फाइल तस्बिर।
काठमाडौँ– सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले) सँग छलफल गरेका छन्।सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलासँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेका हुन्।

‘सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिसभामै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुङ्गिएको छ,’ कांग्रेसका प्रमुख सचेतक घिमिरेले भने।

एमाले प्रमुख सचेतक बर्तौलाले भने संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने बताए।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ। संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन्।

प्रकाशित: १३ माघ २०८१ १५:०९ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast