धनगढी– सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक भएको छ। दिउँसो दुई बजेबाट बैठक सुरु भएको हो। सुदूरपश्चिम प्रदेशसभाको दोश्रो कार्यकालको पहिलो बैठक बसेको छ। पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यका रूपमा अछाम २ (ख) बाट निर्वाचित ६८ वर्षीय मानबहादुर रावले गरेका हुन्।
निर्वाचित सदस्यहरूले गत शुक्रबार मात्रै शपथग्रहण गरेका थिए। प्रदेशसभाले सभामुख र उपसभामुख चयन नगर्दासम्म रावलले नै जेष्ठ सदस्यको रूपमा सभाको अध्यक्षता गर्ने प्रदेशसभाले जनाएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन्।
तस्बिरहरू- पदमराज भट्ट/हिमाल प्रेस
प्रकाशित: १८ पुष २०७९ १४:४६
प्रतिक्रिया