देश विकासका लागि वर्तमान सरकार गठन भएको छ : अर्थमन्त्री पौडेल

हिमाल प्रेस १२ माघ २०८१ १६:५५ | Saturday, January 25, 2025
देश विकासका लागि वर्तमान सरकार गठन भएको छ : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्बिर

मोरङ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन्।

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको भनाइ छ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए।

फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे। साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको उल्लेख गरे।

प्रकाशित: १२ माघ २०८१ १६:५५ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast