अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

हिमाल प्रेस ११ माघ २०८१ २०:०२ | Friday, January 24, 2025
अर्थतन्त्र सुधार गर्न सरकार अग्रसर छ : सञ्चारमन्त्री गुरूङ

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बिग्रिँदै गएको मुलुकको अर्थतन्त्र वर्तमान सरकारले सुधार्दै लगेको बताएका छन्।

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार एकाइद्वारा शुक्रबार आयोजित १०औँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारमा सरकार लागिपरेको बताए।

मुलुकमा स्थानीय उत्पादन गरेर, व्यापार, व्यवसाय बढाएर आर्थिक आम्दानी बढाउनुपर्नेमा जोड दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले अर्थतन्त्रलाई माथि उठाउन अर्थतन्त्रसँग जोडिएका ११ कानुन संशोधन गरेर अध्यादेशमार्फत सरकार अघि बढेको स्पष्ट पारे।

कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको उद्देश्य पनि अर्थतन्त्र सुधार गर्नु रहेको सञ्चारमन्त्री गुरूङको भनाइ छ। उनले विभिन्न समयमा दुई पार्टी मिलेर देशका लागि काम गर्दै आएको र अहिले पनि देशको लागि वर्तमान सरकार महत्त्वपूर्ण रहेको बताउँदै आगामी तीन वर्ष नै यही मुख्य दुई ठूला दलको सरकार कायम रहने बताए।

वर्तमान सरकारले अर्थतन्त्र सुधारसहित सुशासन र विकास प्राथमिकतामा राख्दै जनताको चाहनाअनुसार विकास गरिरहेको सञ्चारमन्त्री गुरूङले बताए। चाहे जति विकास भइनसके पनि विकासको जग बसालिसकेकाले अब विस्तारै विकासको अनुभूति जनताले महसुस गर्ने उनको भनाइ छ।

प्रकाशित: ११ माघ २०८१ २०:०२ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast