काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
उनले केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा ९ सदस्य मनोनीत गरेका हुन्।
पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यी हुन् मनोनयन भएका सदस्यहरू :
सुमित्रा खनाल– नवलपुर
विजय भुसाल– चितवन
राधेश्याम पाठक– नवलपरासी
ब्रह्मप्रकाश रौनियार– सुनसरी
मेघनाथ यादव – धनुषा
झनकराज तिमिल्सिना – कैलाली
भीमबहादुर शाही – कालिकोट
जीतबहादुर लामा – काभ्रेपलाञ्चोक
सन्तोष कोइराला (परियार) – नवलपुर
प्रकाशित: ९ माघ २०८१ २०:३३
प्रतिक्रिया