एआई प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा

हिमाल प्रेस ९ माघ २०८१ १६:५२ | Wednesday, January 22, 2025
एआई प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवद्र्धनका लागि ठूलो घोषणा गरेका छन्।

उनले एआईको प्रवर्द्धनका लागि पाँच सय अर्ब डलर खर्च गर्ने घोषणा गरेका हुन्। एआई प्रवद्र्धन गर्ने कार्यमा एक लाख नयाँ रोजगारी सिर्जना हुने ट्रम्पको भनाइ छ।

राष्ट्रपति ट्रम्पले आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओरैकल, ओपन एआई र सफ्ट बैंकले यो रकम लगानी गर्ने बताए। उनले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन्।

ओरैकलका वरिष्ठ अधिकारी एलिसनले यसका लागि टेक्ससमा डेटा सेन्टर बनाउने काम पहिलेदेखि चलिरहेको बताए। उनले १० वटा भवन निर्माणाधीन रहेको र यसलाई बढाएर २० पुर्‍याइने जानकारी दिए।

ओपन एआई कम्पनीका प्रमुख अल्टमैनले यो अहिलेको समयको सबैभन्दा महत्वपूर्ण परियोजना रहेको र ट्रम्पविना सम्भव नभएको बताए।

सफ्ट बैंक कम्पनीका मैसायोशी सोनले यो अमेरिकाका लागि स्वर्णिमकालको सुरूवात रहेको बताएको बीबीसीले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ १६:५२ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast