काठमाडौँ- नेपाली कांग्रेसको इतर समूहको राजधानीमा भएको राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनप्रति संस्थापन पक्षले आपत्ति जनाएको छ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले इत्तर समुहको राष्ट्रिय सम्मेलन भनिएको भेलाबाट परित गरिएको प्रतिवेदनप्रति आपत्ति जनाउँदै इत्तर पक्षको निर्णय केन्दीय समिति बैठकले नजिकबाट नियालीरहेको बताए।
इत्तर पक्षले १४ औँ महाधिवेशनबाट चयन भएका कार्यसमितिले १५ औँ महाधिवेशन देउवाको नेतृत्वमा गर्ने प्रस्ताव कांग्रसको विधिविधानले नदिएको प्रवक्ता चालिसेले बताए।
चालिसेले पार्टीभित्र विवाद नभएर असन्तुष्टि रहेको बताउँदै पार्टीभित्रका असहमति वा विवाद पार्टीको फोरमबाटै सुल्झाउनुपर्नेमा जोड दिए।
उनले पार्टीको नेतृत्वकर्ता अदालतले चयन गर्ने नभइ पार्टीले वैधानिकता दिनुपर्ने स्पष्ट पारे।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्व पार्टीको विधानअनुसार चयन भएको भन्दै यसलाई अदालत र निर्वाचन आयोगले मान्यता दिएकोे जिकिर गरे।
प्रवक्ता चालिसेले विशेष महाधिवेशनमा असहमति रहेका विषयहरु १५ औँ महाधिवेशनमा लोकप्रिय एजेण्डाका रुपमा प्रस्तुत गरेर जान संस्थापन इत्तरपक्षलाइ आग्रह गरे।


