काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको छ। अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो।
मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो।
प्रकाशित: ९ माघ २०८१ ११:०५
प्रतिक्रिया