अखिल क्रान्तिकारीको नेतृत्व चयनको प्रक्रिया चल्दै, होला सहमति?

हिमाल प्रेस ८ माघ २०८१ ८:४७ | Tuesday, January 21, 2025
अखिल क्रान्तिकारीको नेतृत्व चयनको प्रक्रिया चल्दै, होला सहमति?

काठमाडौँ- नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ।

बिहान ८ बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ६ बजेसम्म चल्नेछ। २३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदैछ।

अध्यक्षको दाबेदारमा उपमहासचिवहरू विजय प्रकाश शर्मा सापकोटा, उपदेश यादव, तिर्सना हमाल, योगेन्द्र बुढा, पार्वती नेगी, सुमन थुलुङ राई, राजन आले, हेमन्त किराँती, सुदिन पौडेल र विश्वमणि थापा अध्यक्षका बलिया दाबेदार देखिएका छन्।

उनीहरूमाथि पार्टीका केन्द्रीय नेताबाट हस्तक्षेप हुने सम्भावना छ। क्रान्तिकारीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा निकट विद्यार्थी दबदबा छ। तर पुन र शर्माबीचकै नेताहरू आकांक्षी बढेकाले सहमतिको सम्भावना न्युन छ।

प्रकाशित: ८ माघ २०८१ ८:४७ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast