भीम रावललाई ‘अत्याचार’ गरेको भन्दै ५९ नेता-कार्यकर्ताले छाडे एमाले, देशभक्त अभियानमा जोडिने [नामावलीसहित]

हिमाल प्रेस ७ माघ २०८१ ९:३० | Monday, January 20, 2025
भीम रावललाई ‘अत्याचार’ गरेको भन्दै ५९ नेता-कार्यकर्ताले छाडे एमाले, देशभक्त अभियानमा जोडिने [नामावलीसहित]

काठमाडौँ- नेकपा एमालेको नेतृत्वले डा. भीम रावललाई ‘अत्याचार’ गरेको भन्दै ५९ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्।

एमालेले पार्टी सदस्यता नरहने गरी रावललाई निष्कासन गरेर स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको विरोध गरेको उनीहरूले पार्टी छाडेका हुन्। उनीहरू रावलको ‘मातृभूमि जागरण अभियान’मा जोडिने भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन्।

विज्ञप्तिमा नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावललगायतको नाम छ।

प्रकाशित: ७ माघ २०८१ ९:३० | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast