राष्ट्रिय दल मान्यता पाउन यी पाँच शर्त पूरा गर्नुपर्ने आयोगको प्रस्ताव

हिमाल प्रेस ६ माघ २०८१ १५:३६
42
SHARES
राष्ट्रिय दल मान्यता पाउन यी पाँच शर्त पूरा गर्नुपर्ने आयोगको प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाउन पूरा गर्नुपर्ने शर्तलाई थप कडाइ गर्ने प्रस्ताव गरेको छ। संशोधनको प्रक्रियामा रहेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को व्यवस्थामा थप कडाइ गर्ने प्रस्ताव गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

हाल दल सम्बन्धि ऐनको दफा ५२ ले राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभाको चुनावमा समानुपातिक तर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट मात्रै जिते हुने व्यवस्था छ। दफा ५२ मा भनिएको छ, ‘प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गर्नेछ ।’

यो व्यवस्थालाई संशोधन गर्दै अब पाँचवटा शर्त पूरा गरेका मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी कानुन संशोनको तयारी अघि बढेको छ।

आयोगका अनुसार पहिलो समानुपातिक चुनावमा निश्चित मत प्राप्त गर्नै पर्ने, दोस्रो दलको राष्ट्रव्यापी संगठनात्मक संरचना वा उपस्थिति हुनुपर्ने, तेस्रो कम्तिमा तीनवटा प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व भएको हुनुपर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै चौथो दल समावेशी चरित्र हुनुपर्ने र पाचौँ कम्तिमा ८० प्रतिशत क्षेत्रमा चुनावमा भाग लिएको दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिनुपर्ने गरी कानुन संशोधन अघि बढेको थपलियाले जानकारी दिए।

प्रकाशित: ६ माघ २०८१ १५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast