घट्यो सुनको भाउ

हिमाल प्रेस ६ माघ २०८१ ११:२७ | Sunday, January 19, 2025
घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। केही दिनयता लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ‍।

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो। आज छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ।

प्रकाशित: ६ माघ २०८१ ११:२७ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast