बलिदानी दिवसमा राजेन्द्र महतोले गरे सहिद परिवारलाई सम्मान

हिमाल प्रेस ५ माघ २०८१ १३:३२ | Saturday, January 18, 2025
बलिदानी दिवसमा राजेन्द्र महतोले गरे सहिद परिवारलाई सम्मान

लहान- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनका सहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका छन्। उनले लहानमा बलिदानी दिवसको अवसरमा सहिदप्रति माल्यार्पण गर्दै सहिदपरिवारलाई सम्मान गरेका हुन्।

उनले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए।

उनले भने, ‘मधेशले एकल नश्लीय औपनिवेशिक शोषणविरुद्ध विद्रोह गरेको हो। तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेनौं। असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरे।’

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता औंल्याए।

प्रकाशित: ५ माघ २०८१ १३:३२ | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast