विराटनगरमा प्रचण्डको ‘मर्निङवाक’

हिमाल प्रेस ५ माघ २०८१ ८:३० | Saturday, January 18, 2025
विराटनगरमा  प्रचण्डको ‘मर्निङवाक’

काठमाडौँ- सरकारविरुद्ध खबरदारी सभाका लागि शुक्रबार कोशी प्रदेशको राजधानी विराटनगर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानैबाट पार्टी कार्यकर्ता र नेतासँग देखिएका छन्। उनी आज बिहानै नेता–कार्यकर्तासँग मर्निङवाकमा निस्केका छन्।

उनी शुक्रबार राति विराटनगर पुगेर ज्वाइँ जीवन आचार्यको घरमा बसेका थिए। आज बिहान विराटनगर आसपासमा उनले अन्य नेताकार्यकर्ताको साथमा मर्निङ वाक गरेका थिए। उनले आज बिहान विराटनगरकै प्रसिद्ध भक्का समेत चाखेका थिए।

माओवादी स्रोतका अनुसार पोखरियादेखि जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय रहेको स्थानसम्म मर्निङवाक गरेका हुन्।

नेता–कार्यकर्तासँग समन्वय गरेर चलिरहेको सन्देश दिनका लागि पनि प्रचण्डले अहिले जिल्लाजिल्ला भ्रमण गरिरहेका छन्। केही दिनअघि सिन्धुपाल्चोकको सुकुटे पुगेर पनि नेता-कार्यकर्तासँग देखिएका थिए।

अब गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको अनुगमन गर्ने कार्यक्रम छ । यस्तै १० देखि ११ बजेसम्म होटल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने र केही भेटघाट कार्यक्रम गरेर मोरङको ग्रामथान झोराहाटमा स्थानीयसँग केही भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै १२ः३० बजे खाना खाएर ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित: ५ माघ २०८१ ८:३० | Saturday, January 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast