
काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ।
महोत्सव संयोजक केदार श्रेष्ठले शुक्रबार प्रेस विज्ञपित जारी गर्दै चैत ६ देखि १४ सम्म निटफेस्टकाे आयोजना गरिएको जानकारी दिए।
तेस्रो संस्करणमा मण्डला थिएटरसँगै काठमाडौँबाहिर पनि विभिन्न सहरमा महोत्सवको तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ। यसवर्ष महोत्सवको नारा ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ राखिएको छ।
महोत्सवमा हुने नाटक तथा कार्यक्रमबारे छिट्टै सार्वजनिक गर्ने आयोजककाे तयारी छ। महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो। महोत्सव निर्देशकका रुपमा अभिनेता दयाहाङ राई छन्।
प्रकाशित: ४ माघ २०८१ १४:०७
प्रतिक्रिया