एनएनटीएले भन्यो : अध्यादेशबाट ल्याइएको शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य छैन

हिमाल प्रेस ४ माघ २०८१ ६:४७
586
SHARES
एनएनटीएले भन्यो : अध्यादेशबाट ल्याइएको शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य छैन

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) ले सरकारले हालै ल्याएको अध्यादेशमा शिक्षकको निवृत्तिभरणसम्बन्धी व्यवस्था मान्य नभएको बताउँदै सच्याउन ध्यानाकर्षण गराएको छ।

महासचिव हंसबहादुर शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘अध्यादेशबाट भएको व्यवस्थाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’

विद्यालय शिक्षा विधेयक-२०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्शकै चरणमा छलफल भइरहेको अवस्थामा सम्बन्धित सरोकारवालाहरूसँग विनाछलफल सरकारद्वारा अध्यादेश जारी गरिएको एनएनटीएले जनाएको छ।

विगतमा शिक्षक महासंघसंगठन भएका ३० बुँदे, ५१ बुँदे, २०८० असोज ५ गते र १२ गतेको ६ बुँदे र ५ बुँदे सम्झौताहरूको सम्बोधन हुनुपर्ने महासचिव हंसबहादुर शाहीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘चालु शिक्षा ऐन अनुसार नियुक्त शिक्षकहरूको निवृत्तिभरण सोही ऐन तथा नियमावली बमोजिम नै हुनुपर्दछ। भूतप्रभावी अध्यादेशको व्यवस्था स्विकार गर्ने सकिन्न। यसकारण योगदानमा आधारित निवृत्तभरणकोषमा शिक्षकलाई पनि समावेश गर्ने भन्ने कुरा नयाँ शिक्षा ऐन जारी भएपश्चात मात्र लागू हुने व्यवस्था गर्नको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन जोडदार माग गर्दछ।’

उनले अध्यादेश निष्कृय गराएर शिक्षकका पेसागत माग र मुद्दालाई तत्काल सम्बोधन गर्न माग पनि गरे। समयमै संगठनले उठाएका जायज सवालहरू पूरा नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकारले लिनुपर्ने चेतावनी महासचिव शाहीको छ।

याे पनि

शिक्षक निवृत्तिभरणसम्बन्धी अध्यादेशप्रति महासंघको आपत्ति, देशव्यापी आन्दोलन तयारी सुरु

सरकारले सहमति विपरीत शिक्षकको सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कानुन ल्यायो,खेदपूर्ण छ : अध्यक्ष अधिकारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast