पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतंकवादीको मृत्यु

हिमाल प्रेस ३ माघ २०८१ २१:२२ | Thursday, January 16, 2025
पाकिस्तानमा सैन्य कारबाहीमा २२ आतंकवादीको मृत्यु फाइल तस्बिर।

काठमाडौँ– पाकिस्तानी सुरक्षा बलहरूको उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिनाभन्दा बढी लामो कारबाहीमा २२ लडाकूको मृत्यु भएको छ।

गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएस्पिआर) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मारिएका व्यक्तिहरू निर्दोष नागरिकको हत्यालगायत धेरै आतंककारी गतिविधिहरूमा रूपमा संलग्न रहेको सेनाको भनाइ छ। सेनाले उक्त क्षेत्रमा अन्य जोखिम हटाउन अपरेशन पनि सुरु गरेको थियो।

उक्त क्षेत्रमा दिगो शान्ति नआएसम्म सुरक्षाकर्मीले कारबाही जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।– रासस

प्रकाशित: ३ माघ २०८१ २१:२२ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast